मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो
gorkhapatraonline.com · Tue Aug 25 04:03:51 GMT 2026
मलेसियाविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टस हारेर फिल्डिङको निम्तो पाएको छ । यी दुई टोलीबिचको खेल मलेसियामा जारी छ ।
नेपालले एसिसी प्रिमियर कपको तयारीस्वरूप मलेसियाविरुद्ध अभ्यास म्याच खेलिरहेको हो । नेपालले हालै भारतमा १० दिनको प्रशिक्षण सम्पन्न गरेको थियो । जहाँ नेपालले कर्नाटक राज्यस्तरीय टोलीविरुद्ध दुईवटा अभ्यास खेल पनि खेलेको थियो ।
Read full story at source (gorkhapatraonline.com)