जिल्ला प्रशासन कार्यालयले तीन महिनामा ११० जना हुलाकमार्फत राहदानी वितरण
barnanmedia.com · Fri Jul 10 23:11:23 GMT 2026

जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले हुलाक सेवामार्फत राहदानी घरघरमा पुर्याउने अभियान सुरु गरेसँगै हालसम्म ११० जनाले सेवा लिएका छन् । जिल्ला प्रशासन कार्यालयले तीन महिनामा ११० जना सेवाग्राहीको घरमा पुगेर राहदानी हस्तान्तरण गरेको हो ।
सङ्घीय सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअनुसार सरकारी सेवा घरघरमै उपलब्ध गराउने लक्ष्यअन्तर्गत हुलाक सेवालाई आधुनिकीकरण गरी राहदानी, सवारी चालक अनुमतिपत्रलगायत सरकारी कागजात घरघरमै पुर्याउने अभियान सुरु गरिएको हो ।
Read full story at source (barnanmedia.com)