चितवनमा मोबाइल नेटवर्क विस्तार
ratopati.com · Fri Jul 10 23:29:46 GMT 2026

चितवन । नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर सुधार गर्न नेटवर्क विस्तार तथा पूर्वाधार स्तरोन्नतिको कामलाई तीव्रता दिएको छ ।
नेपाल टेलिकम दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख उप प्रबन्धक राकेश चौधरीका अनुसार भरतपुर महानगरपालिका–२९ को लमाहल, इच्छाकामनाको हात्तिवाङ, माडीको अमरौली र बगौडा, भरतपुर अस्पताल क्षेत्र, रामनगर–पटिहानी सडकखण्ड, टिकौली–रत्ननगर सडक, चौबीसकोठी तथा सिएमसी अस्पताल आसपासका क्षेत्रमा मोबाइल सेवाको क्षमता विस्तार तथा स्तरोन्नति गरिएको छ । उनका अनुसार सेवा कमजोर रहेका क्षेत्रमा नयाँ मोबाइल टावर निर्माण गर्नुका साथै सञ्चालनमा रहेका टावरको क्षमता पनि वृद्धि गरिएको छ ।
Read full story at source (ratopati.com)