भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ र ‘समन्वय पार्क’ बनाइने
ratopati.com · Tue Aug 25 04:23:25 GMT 2026

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. १० स्थित ऐतिहासिक गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ र ‘भरतपुर समन्वय पार्क’ निर्माण गरिने भएको छ। जिल्ला समन्वय समिति चितवनको नवौँ जिल्ला सभाले साविक जिल्ला विकास समितिको नाममा रहेको जग्गामध्ये एक बिघा १६ कट्ठा १४ धुर जग्गा सहिद मैदान र एक बिघा नौ कट्ठा जग्गा समन्वय पार्कका लागि भरतपुर महानगरपालिकालाई उपलब्ध गराउने निर्णय गरेको हो।
महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले गेस्ट हाउस चौरको पृष्ठभूमि संरक्षण गर्दै देशका लागि योगदान गरेका सहिदहरूको सम्मानमा व्यवस्थित सहिद मैदान निर्माण गर्न लागिएको बताएका छन्। उनले भनेका छन्, ‘भरतपुरको मुटुमा रहेको यस ऐतिहासिकस्थललाई विभिन्न राष्ट्रिय तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सकिने गरी र सहिदहरूको स्मृतिका लागि सहिद मैदानका रूपमा विकास गर्न लागिएको हो। यसका लागि आवश्यक सम्पूर्ण पूर्वाधार निर्माणको काम महानगरले अघि बढाएको छ।’
Read full story at source (ratopati.com)