मैदान छिरेको ११७ सेकेन्डमै गोल गर्दै मेरिनो नायक बन्दा स्पेन सेमिफाइनलमा
setopati.com · Fri Jul 10 23:32:00 GMT 2026
फिफा विश्वकप फुटबल २०२६ मा मिकेल मेरिनो एक पटक फेरि स्पेनका लागि 'हिरो' साबित भएका छन्। सब्सिच्युट खेलाडीको रूपमा मैदान छिरेका उनले ८८औँ मिनेटमा गोल गर्दै बेल्जियमलाई स्तब्ध पारे र स्पेनलाई विश्वकपको सेमिफाइनलमा पुर्याए।
यसअघि पोर्चुगलविरुद्धको 'राउन्ड अफ १६' खेलमा पनि ९१औँ मिनेटमा विजयी गोल गरेका आर्सनलका यी मिडफिल्डरले लस एन्जलसमा भएको रोमाञ्चक क्वाटरफाइनलमा पनि ढिलो गरी गोल गर्दै खेलको निर्णय गरे। उनी ड्यानी ओल्मोको स्थानमा मैदान छिरेको मात्र ११७ सेकेन्डभित्रै गोल गर्न सफल भएका थिए।
Read full story at source (setopati.com)