आहा, यस्तो पो झरना !
nepalnews.com · Tue Aug 25 04:32:12 GMT 2026

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका पर्खाइमा रहेको छ। ककनी खोलामा करिब ५०० मिटरको दूरीभित्र तीन ठूला र मनमोहक झरना भए पनि प्रचारमा आउन नसक्दा झरना ओझेलमा परेको हुन्।
ककनी गाउँ हुँदै बहने ककनी खोला कपल्टी भिरमा पुगेपछि झरनामा परिणत भएको छ। त्यही खोला करिब ५०० मिटरको दूरीमा तीन वटा झरनामा बदलिएको छ। पहिलो झरना गाउँ नजिकै छ। पर्यटकीय पूर्वाधार निर्माण भएका कारण गाउँबाट १० मिनेटकै पैदल दूरीमा यो झरनामा पुग्न सकिन्छ।
Read full story at source (nepalnews.com)