आफ्नो बाचा पूरा गर्न २५ वर्षसम्म एक्लै बसे पुरुष
lokaantar.com

चिनियाँ नागरिक ली गुओयौले एक घरको हेरचाह गर्ने क्रममा २५ वर्षसम्म पहाडको गहिराइमा एक्लै बिताएपछि अन्ततः आफ्नो परिवारसँग पुनर्मिलन गरेका छन्। ६३ वर्षीय लीले हालै दक्षिणपश्चिमी सिचुआन प्रान्तको पिङतानस्थित एक प्रहरी चौकीबाट आफ्नो आधिकारिक घरेलु दर्ता (हुकु)को नयाँ बुकलेट प्राप्त गरेका हुन् । सायथ चाइना मोर्निङ पोस्टको समाचारअनुसार यससँगै लगभग तीन दशकको अन्तरालपछि उनको गृहक्षेत्रमा आधिकारिक रूपमा पहिचान दर्ता भएको छ।
सन् १९८७ मा २४ वर्षको उमेरमा ली राम्रो रोजगारीको खोजीमा दक्षिण चीनको ग्वोझाउ पुगेका थिए। त्यसपछिका दिनहरूमा आमाबुवाको निधन भइसकेका उनका दुई दाजुभाइसँगको सम्पर्क क्रमशः टुट्दै गयो।
Read full story at source (lokaantar.com)