तीन पटक सूचना टाँस गरेर स्थगित बैठक आज बस्ने
gorkhapatraonline.com · Tue Aug 25 04:48:09 GMT 2026

बागमती प्रदेशसभाको बैठक मङ्गलबार दिउँसो ४ बजे बस्ने गरी तय भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार बोलाइएको बैठक बस्न नसकेपछि समयसँगै मिति पनि परिवर्तन गरिएको हो । सोमबारको बैठक तीन पटक सूचना टाँस गरेर समय परिवर्तन गरिएको थियो ।
मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाउन प्रदेशसभा सचिवालयमा पत्राचार गरेसँगै प्रदेशसभाका उपसभामुख अपसरा चापागाईंले सोमबार दिउँसो १ बजेका लागि बैठकको समय तोक्नुभएको थियो ।
Read full story at source (gorkhapatraonline.com)