कासघारी र धानबारीबाट १० लाखको कपडासहित १ जना पक्राउ
annapurnapost.com · Tue Aug 25 04:44:45 GMT 2026

वीरगन्ज : पर्साको जिराभावानी गाउँपालिका-१ बलुवाबाट प्रहरीले तस्करी गरि ल्याइएको कपडासहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीको संयुक्त टोलीले बलुवा टोलस्थित कासघारी धानबारीबाट १२ पोका कपडासहित एक जना कारोबारीलाई पक्राउ गरेको हो। पक्राउ गरिएका ती कारोबारीको परिचय भने प्रहरीले खुलाएको छैन।
सीमावर्ती भारतको भंगहाबाट तस्करहरूले रातिको समयमा भन्सार छलेर ल्याएको कपडाको पोका गाउँ नजिकैको कासघारी र धान बारीमा लुकाएर राखेकै अवस्थामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बरामद गरेको हो।
Read full story at source (annapurnapost.com)