इरानमाथि अमेरिकी नयाँ प्रतिबन्ध, पाँच मुख्य सम्पत्तिमा नजर
arthasansar.com · Tue Aug 25 04:46:25 GMT 2026

इरानमाथि वित्तीय दबाब बढाउनका लागि अमेरिकाले नयाँ प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार इरानमाथि नयाँ प्रतिबन्ध लगाइएको बताएका हुन् । नयाँ प्रतिबन्धले इरानले प्राप्त गरिरहेको आम्दानीका सबै स्रोतलाई निसाना बनाएको उनले उल्लेख गरेका छन् ।
नयाँ प्रतिबन्धले इरानका पाँच मुख्य सम्पत्तिलाई निसाना बनाउनेछ । इरानी नियन्त्रणमा रहेको जलमार्ग, इरानी विद्युतीय सम्पत्ति, प्रविधि, सुन, हवाई क्षेत्र र सामुद्रिकसँगै अन्य ढुवानीका इलाकामा प्रतिबन्ध लगाउँदै इरानलाई अमेरिकाले कमजोर बनाउन खोजेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।
Read full story at source (arthasansar.com)