राष्ट्रिय सभाले विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि समितिमा पठायो
ratopati.com · Tue Aug 25 05:00:47 GMT 2026

काठमाडौँ । राष्ट्रिय सभाको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो।
Read full story at source (ratopati.com)