पहिरोबाट करोडौँका संरचनामा क्षति
gorkhapatraonline.com · Tue Aug 25 05:02:27 GMT 2026

जाजरकोट, भदौ ९ गते । जाजरकोटमा गत साउन २९ र ३० गते आएको अविरल वर्षापछिको पहिरोले एकै वडामा करोडौँ रुपियाँ बराबरका संरचनामा क्षति पुगेको छ । वर्षासँगै आएको पहिरोले सडक, सिँचाइ, खानेपानीलगायतका योजनामा ठुलो क्षति पु-याएको छ ।
भेरी नगरपालिका–१ का वडाध्यक्ष दीपक रानाले आफ्नो वडामा मात्रै करोडौँका संरचनामा क्षति पुगेको बताउनुभयो । उहाँले सडक, खानेपानी र सिँचाइ योजना आफ्नो वडामा पूर्ण रूपमा अवरुद्ध भएको जानकारी दिनुभयो । सो वडामा रहेका २० वटा टोलमा नै खानेपानीका ट्याङ्की, पाइपलाइन बगाएकाले स्थानीय अहिले आकासे पानीको भरमा बसेका छन् ।
Read full story at source (gorkhapatraonline.com)