कर्णालीको कृषि विकासमा इजरायलको चासो : रैथाने बाली र जडिबुटी प्रवर्द्धनमा सहकार्यको प्रतिबद्धता
annapurnapost.com · Sun May 17 11:52:47 GMT 2026

मुगु : कर्णाली प्रदेशको कृषि आधुनिकीकरण, रैथाने बालीहरूको अन्तर्राष्ट्रिय बजारीकरण तथा जडिबुटी संरक्षण र निर्यात प्रवर्द्धनका विषयमा नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बास मुगुका कृषिविज्ञ विद्यार्थी आशिष देवकोटाबीच काठमाडौंस्थित इजरायली दूतावासमा छलफल भएको छ।
मुगुको सोरु गाउँपालिका, घर भई हाल कृषिमा स्नातकोत्तर अध्ययनरत देवकोटाले कर्णालीमा उत्पादन हुने कागुनो, चिनो, मार्सी चामल, कोदो लगायत रैथाने बालीलाई अन्तर्राष्ट्रिय बजार, विशेष गरी इजरायलसम्म पुर्याउन पहल आवश्यक रहेको बताएका थिए । उनले यार्सागुम्बा, शिलाजित, पाँचऔँले, सतुवा र घुच्ची च्याउ जस्ता बहुमूल्य जडिबुटीहरू न्यून मूल्यमा भारत र चीनतर्फ कच्चा पदार्थका रूपमा निर्यात भइरहेको उल्लेख गर्दै यसको संरक्षण, प्रशोधन र मूल्य अभिवृद्धिका लागि इजरायल सरकारसँग प्रविधि, प्राविधिक सहयोग तथा लगानीको वातावरण निर्माण गर्न आग्रह गरेका थिए ।
Read full story at source (annapurnapost.com)