ओखलढुंगाको तीनछाँगे झरना पर्यटकको पर्खाइमा
khabarhub.com · Tue Aug 25 05:23:06 GMT 2026

ओखलढुङ्गा- ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका पर्खाइमा रहेको छ । ककनी खोलामा करिब ५०० मिटरको दूरीभित्र तीन ठूला र मनमोहक झरना भए पनि प्रचारमा आउन नसक्दा झरना ओझेलमा परेका हुन् ।
ककनी गाउँ हुँदै बहने ककनी खोला कपल्टी भिरमा पुगेपछि झरनामा परिणत भएको छ । त्यही खोला करिब ५०० मिटरको दूरीमा तीनवटा झरनामा बदलिएको छ । पहिलो झरना गाउँ नजिकै छ । पर्यटकीय पूर्वाधार निर्माण भएका कारण गाउँबाट १० मिनेटकै पैदल दूरीमा यो झरनामा पुग्न सकिन्छ । दोस्रो झरना पहिलो झरना नजिकै रहे पनि भौगोलिक विकटताका कारण घुमाउरो बाटो भएर जानुपर्छ । करिब २० मिनेट ओरालो हिँडेपछि दोस्रो झरना पुग्न सकिन्छ । यो झरना ककनी खोलाको सबैभन्दा अग्लो झरना रहेको स्थानीय दिलबहादुर तामाङ बताउछन्।
Read full story at source (khabarhub.com)