बागमती प्रदेश ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
ratopati.com · Sat Jul 11 00:36:17 GMT 2026

मकवानपुर । बागमती प्रदेशलाई औपचारिक रूपमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ प्रदेश घोषणा गरिएको छ । हेटौँडामा शुक्रबार आयोजित विशेष समारोहमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त घोषणा गर्दै अभियानलाई निरन्तरता दिने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् ।
यससँगै बागमती कर्णाली र गण्डकीपछि सहयोगापेक्षी सडक आश्रित मानवमुक्त घोषणा हुने तेस्रो प्रदेश बनेको छ । सामाजिक विकास मन्त्रालय र मानवसेवा आश्रमको सहकार्यमा सञ्चालन हुँदै आएको अभियानले सडकमा कष्टकर जीवन बिताइरहेका असहाय नागरिकको उद्धार, संरक्षण, उपचार र पुनर्स्थापनाको प्रयासलाई संस्थागत रूप दिएको छ ।
Read full story at source (ratopati.com)