मातृभाषा पत्रकारितालाई प्राथमिकता दिन माग, १९ बुँदे काठमाडौं घोषणापत्र जारी
kalakarmi.com · Tue Aug 25 05:40:51 GMT 2026

काठमाडौं- नेपालमा बोलिने १२४ भाषाको संरक्षण, मातृभाषा पत्रकारिताको विकास तथा भाषा, संस्कृति, पहिचान, मानव अधिकार र लोकतन्त्रको सुदृढीकरणका लागि तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०८३ ले १९ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ ।
नेपालसहित विभिन्न देशका पत्रकार तथा सञ्चार प्रतिनिधिले घोषणापत्रमा हस्ताक्षर गरी अनुमोदन गरेका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजना तथा नेवाः पत्रकार राष्ट्रिय दबूको संयोजनमा साउन २४ देखि २७ गतेसम्म काठमाडौंमा सम्पन्न सम्मेलनमा मातृभाषा पत्रकारिता, भाषिक अधिकार, जलवायु न्याय, वन व्यवस्थापन, आदिवासी ज्ञान तथा सञ्चारमाध्यममा समावेशितालगायत विषयमा छलफल भएको थियो ।
Read full story at source (kalakarmi.com)