बाढीको विपत्तिपछि करदाता प्रोत्साहन पुरस्कार घोषणा स्थगित, भदौका विजेता असोज १ मा सार्वजनिक हुने
nepallive.com · Wed Sep 02 06:42:29 GMT 2026

काठमाडौं – रसुवा र नुवाकोट लगायतका क्षेत्रलाई केन्द्र बनाएर गएको भीषण बाढी तथा पहिरोका कारण देश शोक र विपत्तिमा परेपछि आन्तरिक राजस्व विभागले भदौ १६ गतेका लागि तय भएको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित गरेको छ।
विभागका अनुसार चालु आर्थिक वर्षदेखि प्रत्येक महिनाको १ गते र १६ गते सञ्चालन गरिँदै आएको पाक्षिक करदाता प्रोत्साहन (उपहार) पुरस्कार घोषणा कार्यक्रम बाढीपहिरोका कारण सिर्जित विषम परिस्थिति र शोकलाई मध्यनजर गर्दै यो पटक स्थगित गरिएको हो।
Read full story at source (nepallive.com)