विनाशकारी बाढीको असर : नागढुंगा-मुग्लिन सडकखण्डको ठाउँठाउँमा सडक भासियो
annapurnapost.com · Wed Sep 02 06:38:46 GMT 2026

धादिङ : रसुवामा आएको विनाशकारी बाढीको असर नागढुंगा-मुग्लिन सडकखण्डमा समेत परेको छ। त्रिशूली नदीमा आएको बाढीले नदी किनार कटान गर्दा सडकखण्डका विभिन्न पाँच स्थानमा सडक भासिएको छ। क्षतिग्रस्त स्थानमध्ये केहीमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ भने केही स्थानमा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
नागढुंगा-मुग्लिन सडक आयोजना पूर्वी खण्डका इन्जिनियर राजीव मानन्धरका अनुसार नागढुंगा चेकपोस्टदेखि करिब ७०० मिटर तल पातलेबन क्षेत्रमा सडक भासिएको छ। सडक भासिएपछि यो रुटमा मोटरसाइकल र पेट्रोलियम पदार्थ बोकेका गाडीलाई मात्रै सञ्चालन गर्न दिइएको मानन्धरले बताए। अन्य सवारीसाधनलाई भने सुरुङमार्गबाट पठाउने तयारी भइरहेको उनको भनाइ छ।
Read full story at source (annapurnapost.com)