अटोभिलेज सुनसान, सडक ग्यारेजमय
gorkhapatraonline.com · Tue Aug 25 05:48:17 GMT 2026

भैरहवा, भदौ ९ गते । सवारीसाधन मर्मतको काम गर्ने पेसा, व्यवसायलाई एउटै छानामुनि व्यवस्थित गर्ने उद्देश्यले सुरु गरिएको सिद्धार्थ अटोभिलेजको योजना कार्यान्वयनमा आउन नसक्दा यहाँका सडक ग्यारेजमय बन्न थालेका छन् । यहाँको गोनहियामा अटोभिलेज तयार भए पनि नगरका विभिन्न क्षेत्रमा ग्यारेज सञ्चालन भइरहँदा लुम्बिनी जाने मुख्य सडक अटो मर्मत केन्द्र जस्तो देखिन थालेको छ ।
सिद्धार्थनगर नगरपालिका–९, गोनहियामा अटोभिलेज सञ्चालनको प्रव्रिmया सुरु भएको एक दशकभन्दा बढी भइसकेको छ तर अहिले पनि त्यहाँ सीमित ग्यारेज मात्र सञ्चालनमा छन् । यसविपरीत भैरहवा–लुम्बिनी सडकखण्डलगायत नगरका विभिन्न स्थानमा सवारीसाधन मर्मत गर्ने व्यवसाय बढिरहेका छन् ।
Read full story at source (gorkhapatraonline.com)