म्याङ खोलामा पुल नहुँदा बर्सेनि सास्ती, साउनमै ७ पटक बग्यो साँघु
onlinekhabar.com · Tue Aug 25 05:44:23 GMT 2026

९ भदौ , रुकुमपूर्व। रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका-६ का स्थानीयवासीलाई वर्षायाममा म्याङ खोला पार चुनौतीको विषय हो । शहीद मार्गअन्तर्गत पर्ने यो खोलामा पुल नहुँदा खोला बढेपछि स्थानीय काठका अस्थायी साँघु बनाएर वारपार गर्छन्। तर, बाढीले साँघु पनि बगाइदिन्छ । उनीहरू फेरि बनाउँछन्, खोलाले फेरि बगाउँछ । यो क्रम दोहोरिरहन्छ ।
सडकमा सवारीसाधनको पहुँच बढ्दै गए पनि आवश्यक ठाउँमा पुल नहुँदा स्थानीयको यात्रा भने सहज हुन सकेको छैन। गत जेठ महिनादेखि यस क्षेत्रमा सवारीसाधन चल्न थालेका छन्। तर, वर्षायाममा म्याङ खोलाको बहाव बढ्दा सडक हुँदै यात्रा गर्ने यात्रु र स्थानीय दुवै जोखिममा पर्ने गरेका छन्।
Read full story at source (onlinekhabar.com)