पोखराबाट दुबईको नियमित उडानबारे पोखरेली व्यवसायीले गरे युएईका राजदूतसँग छलफल
ratopati.com · Tue Aug 25 05:53:52 GMT 2026

पोखरा । पोखराका पर्यटन व्यवसायीहरुले पोखराबाट दुबईका लागि हुने अन्तर्राष्ट्रिय उडानबारे युएईका राजदूत अब्दुल्लाह साइद मुवारक जरवान अलसाम्सीसँग भेटेर छलफल गरेका छन् । पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष तथा नाटा गण्डकी प्रदेशका पूर्वअध्यक्ष पोम नारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य बासुदेव त्रिपाठी सहितको टोलीले राजदूत अलसाम्सीसँग भेटेका हुन् ।
पोखराबाट दुबईको हुने नियमित उडान समग्र नेपाल, गण्डकी प्रदेश र पोखराको पर्यटन विकासका लागि ऐतिहासिक र महत्त्वपूर्ण उपलब्धि भएको व्यवसायीहरूले बताएका छन् । यसलाई सफल र दीगो बनाउन सबै पक्षबाट आवश्यक पहल र सहकार्य गर्ने विषयमा छलफल भएको श्रेष्ठले जानकारी दिए ।
Read full story at source (ratopati.com)