सुपर मादी हाइड्रोले १५% बोनस सेयर दिने, असोज १ मा साधारणसभा
clickmandu.com · Tue Aug 25 06:10:28 GMT 2026

काठमाडौं । सुपर मादी हाइड्रोपावरले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले कुल १५.७८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँको १५ प्रतिशतका दरले हुन आउने ३४ करोड ७२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै, उक्त बोनस सेयरको कर प्रयोजनका लागि ०.७८९४७ प्रतिशतले हुने १ करोड ८२ लाख ७८ हजार २८९ रुपैयाँ ४७ पैसा नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
Read full story at source (clickmandu.com)