आईजीपी पौडेलले गरे गौरीफन्टा नाकाको निरीक्षण
annapurnapost.com · Tue Aug 25 06:15:18 GMT 2026

धनगढी : सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले कैलालीस्थित गौरीफन्टा सीमा नाकाको निरीक्षण गरेका छन्। सीमा सुरक्षा व्यवस्थापन, सीमावर्ती क्षेत्रका समस्या तथा सीमापार अपराधको अवस्थाबारे जानकारी लिन आईजीपी पौडेलले गौरीफन्टा नाकाको स्थलगत निरीक्षण गरेका हुन्।
निरीक्षणका क्रममा पौडेलले सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका अधिकारी तथा सुरक्षाकर्मीसँग सीमाको पछिल्लो अवस्था, सुरक्षा चुनौती र सीमापार आवतजावतका विषयमा जानकारी लिएका थिए। उनले सीमावर्ती नागरिकसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका गुनासा तथा समस्या समेत सुने।
Read full story at source (annapurnapost.com)