कारभित्र लुकाएर लैजाँदै गरेको १६८ किलो गाँजासहित दुई जना पक्राउ
reportersnepal.com · Tue Aug 25 06:23:38 GMT 2026

चितवन । चितवनको राप्ती नगरपालिकाबाट १६८ किलो लागु औषध गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सोमबार बिहान करिब ३:४० बजेको समयमा राप्ती नगरपालिकाको भित्री बाटो हुँदै पूर्व-पश्चिम राजमार्गसतर्फ जाँदै गरेको बा.प्र.०३-०१-०२३ च ५८२८ नम्बरको कारमा गाँजा ओसारपसार भइरहेको गोप्य सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले राप्ती नगरपालिका वडा नं. १० स्थित चिप्लेटी भन्ने स्थानमा कारलाई रोकेर चेकजाँच गरेको थियो।
Read full story at source (reportersnepal.com)