ह्याकरका लागि नयाँ प्रविधि नै आकर्षक ! पुरानो प्रविधि किन कहिलेकाहीँ नयाँभन्दा सुरक्षित हुन्छ ?
techpana.com · Tue Aug 25 06:28:29 GMT 2026

काठमाडौं । प्रविधि जति आधुनिक हुँदै जान्छ, साइबर सुरक्षा पनि त्यति नै बलियो हुँदै गएको मानिन्छ । नयाँ अपरेटिङ सिस्टम, नियमित सुरक्षा अपडेट, मल्टिफ्याक्टर प्रमाणीकरण र आधुनिक इन्क्रिप्सनले डिजिटल उपकरणलाई सुरक्षित बनाउने प्रयास गर्छन् । तर साइबर सुरक्षाको एउटा रोचक पक्ष यसको ठीक उल्टो पनि छ-कतिपय अवस्थामा निकै पुरानो प्रविधि नयाँ प्रविधिभन्दा ह्याकरका लागि कम आकर्षक हुन सक्छ ।
यही अवधारणालाई साइबर सुरक्षा विज्ञ मिक्को हाइपोनेनले ‘Security by Antiquity’ अर्थात् ‘पुरानो प्रविधिबाट सुरक्षा’ भन्ने नाम दिएका छन् । यसको अर्थ पुरानो प्रविधि प्राविधिक रूपमा सुरक्षित हुन्छ भन्ने होइन । बरु, त्यस्ता प्रणाली प्रयोग गर्ने मानिस कम भएकाले साइबर अपराधीले त्यसलाई निशाना बनाउन कम आर्थिक तथा प्राविधिक फाइदा देख्न सक्छन् ।
Read full story at source (techpana.com)