बागमती प्रदेश सभा : उपसभामुख चापागाईं स्वतन्त्र कि एमालेको ‘क्याडर’ ?
ratopati.com · Tue Aug 25 06:34:59 GMT 2026

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने प्रक्रिया पेचिलो बन्दैजाँदा प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईंको भूमिकामाथि प्रश्न उठेको छ । सभामुख नहुँदा प्रदेश सभा सञ्चालनको जिम्मेवारी उपसभामुख चापागाईंकै काँधमा छ । संसदीय गरिमा र तटस्थता कायम राख्नुपर्ने संवैधानिक जिम्मेवारीमा रहेकी उपसभामुख चापागाईंले पदीय गरिमा बिर्सिएर एमालेको ‘क्याडर’ बन्ने चेष्टा गरेको दलहरूको आरोप छ ।
सभामुख पद रिक्त रहेको अवस्थामा संसदको नेतृतवदायी भूमिकामा रहेकी उनले सदन सञ्चालनका सन्दर्भमा निष्पक्षता निर्वाह गर्न नसकेको विपक्षी दलहरूको आरोप छ । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि आह्वान गरिएको बैठक पटक–पटक सर्दा र सत्तापक्षको अनुकूलता हेरेर समय निर्धारण गरेको भन्दै उनीहरूले उपसभामुख चापागाईंको निष्पक्षतामा शङ्का गरेका हुन् ।
Read full story at source (ratopati.com)