किन सधैँ कालो चस्मा लगाउँछन् बालने ? संसद् सचिवालय पुग्यो पत्र
nepalviews.com · Tue Aug 25 06:31:32 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले कालो चस्मा लगाउनुको कारण खुलाउँदै संसद् सचिवालयलाई पत्र लेखेका छन् । सभामुख डीपी अर्यालले कालो चस्मा लगाएर संसद्को बैठकमा नआउन र कालो चस्मा लगाउनै पर्ने भए मेडिकल रिपोर्ट दिन आग्रह गरेका थिए ।
प्रधानमन्त्री बालेन भोलि भदौ १० गते सांसदसँगको प्रश्नोत्तरका लागि संसद् जाँदै छन् । त्यसअघि उनले सचिवालयलाई पत्र लेखेर कालो चस्मा लगाउनुको कारण खुलाएका छन् । संसद् सचिवालयलाई पठाइएको पत्रअनुसार बालेन आँखामा समस्या भएका कारण कालो चस्मा लगाउँदै छन् । छाउनीस्थित सैनिक अस्पतालमा हालै उनले आँखाको परीक्षणसमेत गराएको जनाइएको छ । बालेनलाई उज्यालोमा हेर्न नसकिने समस्या रहेको बताइएको छ । त्यसैले उनले कालो चस्मा लगाउनुपर्ने संसद् सचिवालयलाई पत्र पठाइएको छ ।
Read full story at source (nepalviews.com)