सर्लाहीमा पनि आत्मदाह प्रयास भएपछि शंकरले भने : यो घटनामा कसलाई दोस्ने गृहमन्त्रीज्यू?
himalpress.com · Sat Jul 11 01:47:52 GMT 2026

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले गृहमन्त्री सुधन गुरुङले शुक्रबार प्रतिनिधि सभा बैठकमा दिएको अभिव्यक्ति गैरजिम्मेवार र आपत्तिजनक भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पोखरेलले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी सञ्चालन सम्बन्धी विषयमा गृहमन्त्रीले तथ्य विपरीत अभिव्यक्ति दिएको आरोप लगाए।
उनले नगर प्रहरीको नेतृत्व कानुनअनुसार प्रमुख प्रशासकीय अधिकृतले गर्ने व्यवस्था रहेको र महानगरमा प्रमुख प्रशासकीय अधिकृत खटाउने अधिकार अझै सङ्घीय सरकारकै क्षेत्राधिकारमा रहेको उल्लेख गरे। उनले विगतमा सस्तो लोकप्रियताका लागि घृणाको राजनीति गर्नेहरू अहिले सरकारमा पुगेपछि आफ्नो जिम्मेवारीबाट पन्छिँदै अरूमाथि दोषारोपण गर्न व्यस्त रहेको टिप्पणी गरे।
Read full story at source (himalpress.com)