एम्बापेका कीर्तिमान
barnanmedia.com · Sat Jul 11 01:39:51 GMT 2026
मोरक्कोविरुद्धको खेलमा गोल गरेपछि विश्वकप फुटबलमा फ्रान्सका स्ट्राइकर किलियन एम्बापेको गोल सङ्ख्या २० पुगेको छ । २७ वर्षीय एम्बापेले २० खेलमै यो कीर्तिमान हासिल गर्ने सबभन्दा कान्छो खेलाडी बन्नुभएको छ । मेसीले ३८ वर्षको उमेरमा विश्वकपमा २० गोल पूरा गर्नुभएको थियो । विश्वकपमा सर्वाधिक सर्वकालीन गोलकर्ताको सूचीमा अर्जेन्टिनाका कप्तान लियोनेल मेसीभन्दा एम्बापे मात्र एक गोलले पछाडि हुनुहुन्छ । यसै गरी यस विश्वकपमा गोल्डेन बुटको होडमा एम्बापे पुनः अगाडि हुनुभएको छ ।
मेसी र एम्बापेले समान आठ/आठ गोल गर्नुभएको छ । यद्यपि बढी एसिस्टका कारण एम्बापे अगाडि हुनुहुन्छ । यस विश्वकपमा एम्बापे विश्वकपका दुई फरक संस्करण आठ वा सोभन्दा बढी गोल गर्ने पहिलो खेलाडी बन्नुभएको छ । पछिल्लो संस्करणमा आठ गोलसहित उहाँले गोल्डेन बुट जित्नुभएको थियो । पछिल्लो विश्वकपको फाइनलमा एम्बापेले अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गर्नुभएको थियो । यसै गरी दुई फरक विश्वकपमा दोहोरो अङ्कमा एसिस्ट गर्ने पनि एम्बापे पनि पहिलो खेलाडी हुनुहुन्छ । पछिल्लो विश्वकपमा आठ गोल र दुई एसिस्ट गर्ने एम्बापेले यसपालि आठ गोल र तीन एसिस्ट गरिसक्नुभएको छ ।
Read full story at source (barnanmedia.com)