मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा
nepalnews.com · Sat Jul 11 01:52:53 GMT 2026
कर्णाली । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा केन्द्रित भएका छन्। ग्रीनल्याण्ड फुटबल एकेडेमी र ह्युमन राइट्स सोसाइटीको संयुक्त आयोजनामा सुर्खेतमा आज हुने मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सहभागी हुन उनीहरु यहाँ आइपुगेका हुन्।
प्रतियोगिताका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्वअध्यक्ष तथा राष्ट्रिय टोलीका पूर्वकप्तानहरु गणेश थापा, उपेन्द्रमान सिंह, अनिल गुरुङ, बालगोपाल महर्जन, हरि खड्का, सागर थापा, राकेश शाहीलगायत यहाँ आएको एकेडेमीका अध्यक्ष शशी केसीले जानकारी दिए। उनका अनुसार कर्णाली प्रदेशमै पहिलो पटक पूर्वराष्ट्रिय खेलाडीहरुको सहभागितामा हुने प्रतियोगितामा कर्णाली प्रदेश बाहिर र कर्णालीका पूर्व राष्ट्रिय खेलाडीहरुबीच मैत्रीपूर्ण प्रतियोगितामा हुनेछ।
Read full story at source (nepalnews.com)