एक सय ८ धाराले थप आकर्षक बन्दै रामधुनी मन्दिर
nepalpress.com · Sat Jul 11 01:54:57 GMT 2026

धरान । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको रामधुनी मन्दिरमा निर्माण गरिएको १ सय ८ धारा, धर्मशालालगायतका संरचनाले मन्दिर क्षेत्रको आकर्षण थप बढाएको छ । पछिल्ला वर्षहरूमा भएका पूर्वाधार विकाससँगै नेपालका विभिन्न जिल्लाका साथै भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ ।
त्रेतायुगमा भगवान् श्रीरामले वनवासका क्रममा धुनी बालेर एक रात विश्राम गरेको र आफ्ना खराउ यहीँ छाडेको धार्मिक विश्वाससँग जोडिएको रामधुनी मन्दिर पछिल्ला वर्षमा धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विस्तार हुँदै गएको छ । रामधुनी जङ्गलको बीचमा रहेको यस मन्दिरमा दैनिक दर्शनार्थी पुग्ने गरेका छन् । रामनवमी, विवाहपञ्चमी, ऋषिपञ्चमी, शिवरात्रि, तीजलगायत पर्वमा भक्तजनको उन उल्लेख्य घुइँचो लाग्ने गरेको छ ।
Read full story at source (nepalpress.com)