महाधिवेशन प्रक्रिया रोक्न देउवा–खड्काको पूरक निवेदन, ११ गते सुनुवाइ
nepalnews.com · Tue Aug 25 06:51:22 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसभित्र आधिकारिकता र नेतृत्वको विवाद चर्किदै गइरहेका बेला निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका छन्। उनीहरूले पार्टीको महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै पूरक निवेदन दर्ता गराएका हुन्।
देउवाका तर्फबाट कांग्रेस नेता दीपक खड्का र पूर्णबहादुर खड्काका तर्फबाट अधिवक्ता श्रवणकुमारले सोमबार सर्वोच्चमा पूरक निवेदन पेस गरेका थिए। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार दुवै निवेदन दर्ता भइसकेका छन्।
Read full story at source (nepalnews.com)