इरानले आफ्नो छोरा मार्न खोजेको नेतन्याहुको दाबी
ratopati.com · Tue Aug 25 07:02:05 GMT 2026

तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानले आफ्ना छोराको हत्या गर्ने प्रयास गरेको दाबी गरेका छन् । तर उनले यस्तो प्रयास कहिले र कहाँ भएको थियो अनि आफ्ना कुन छोरालाई निशाना बनाइएको थियो भन्नेबारे कुनै विवरण भने दिएका छैनन् ।
सोमबार नेतन्याहुले यस्तो दाबी गरेका हुन् । अक्टोबरमा हुने आमनिर्वाचनअघि सार्वजनिक मतसर्वेक्षणमा उनको गठबन्धन पछि परिरहेको र अमेरिका–इजरायलले इरानविरुद्ध युद्ध सञ्चालन गरिरहेको अवस्थामा उनको यो भनाइ आएको हो ।
Read full story at source (ratopati.com)