झन्डै ३६ वर्षको मेरो व्यावसायिक यात्रामा व्यवसायीहरूको मनोबल यति कमजोर कहिल्यै देखेको थिइनँ: अध्यक्ष श्रेष्ठ
nepalpress.com · Tue Aug 25 07:09:15 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीको मनोबल पछिल्लो ३६ वर्षयताकै सबैभन्दा कमजोर बिन्दुमा पुगेको बताएका छन् । मंगलबार नाडा अटो शोमा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो गुनासो गरेका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने, ‘देशको अर्थतन्त्र एकदम चुनौतीपूर्ण घडीमा छ । निजी क्षेत्रले एउटै चुनौती भोगिरहेको छ त्यो हो त्यो हो शिथिल बजार, कमजोर मानसिकता र चुनौतीपूर्ण व्यापार व्यवसाय । झन्डै ३६ वर्षको मेरो व्यावसायिक यात्रामा व्यवसायीहरूको यति कमजोर मनोबल कहिल्यै देखेको थिइनँ ।’
Read full story at source (nepalpress.com)