इरानले आफ्नो छोरा मार्न खोजेको नेतन्याहुको दाबी
canadanepal.com · Tue Aug 25 07:09:00 GMT 2026

तेल अभिभ -इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानले आफ्ना एक छोराको हत्या गर्ने प्रयास गरेको दाबी गरेका छन् । यद्यपि उनले उक्त प्रयास कहिले, कहाँ र आफ्ना कुन छोरालाई लक्षित गरी गरिएको थियो भन्नेबारे कुनै विवरण खुलाएका छैनन् ।
सोमबार नेतन्याहुले यस्तो दाबी गरेका हुन् । अक्टोबरमा हुने आमनिर्वाचनअघि सार्वजनिक मतसर्वेक्षणमा उनको गठबन्धन पछाडि परेको तथा अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही गरिरहेका बेला उनको यो भनाइ सार्वजनिक भएको हो ।
Read full story at source (canadanepal.com)