‘बेहुली’ को ‘म भईन भने’ ले २४ घण्टामै मच्चायो तहल्का
kalakarmi.com · Tue Aug 25 07:14:48 GMT 2026

काठमाडौं- नेपाली फिल्म जगतमा यतिबेला आगामी भदौ २६ गते प्रदर्शन हुने फिल्म ‘बेहुली’ को सांगीतिक चर्चा चुलिएको छ । फिल्मको पहिलो गीत ‘दिलमा ठाउँ छ’ को भव्य सफलतापछि निर्माण पक्षले सार्वजनिक गरेको दोस्रो गीत ‘म भईन भने’ ले इन्टरनेटमा विष्फोटक सुरुवात गरेको छ ।
सार्वजनिक भएको २४ घण्टा भित्रै यो गीत टिकटक र युट्युबमा निकै व्यापक बनेको छ । रोमान्टिक गीत ‘म भईन भने’ ले डिजिटल प्लेटफर्ममा आफ्नै अघिल्लो रेकर्डलाई समेत तोडेको छ । यस गीतले सार्वजनिक भएको २४ घण्टाभित्रै युट्युबमा ४ लाख भ्युज र टिकटकमा २० हजार भन्दा बढी भिडियो पाउँदै नयाँ रेकर्ड राखेको छ । जबकी फिल्मको पहिलो चर्चित गीत ‘दिलमा ठाउँ छ’ ले सोही अवधिमा १० हजार भिडियोको मात्र साथ पाएको थियो । यस ऐतिहासिक ट्रेन्डिङले फिल्मप्रति दर्शकको उत्सुकता कति छ भन्ने प्रष्ट पार्छ ।
Read full story at source (kalakarmi.com)