बाढीपीडितका लागि रिजाल टासी इन्डस्ट्रिजको पाँच लाख एक हजार सहयोग
barnanmedia.com · Wed Sep 02 06:48:41 GMT 2026

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले इटहरीस्थित रिजाल टासी इन्डस्ट्रिज प्रालिले पाँच लाख एक हजार रुपियाँ सहयोग गरेको छ ।
बाढीबाट ठुलो जनधनको क्षति भएपछि उद्योगले सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनी व्यवस्थापन तथा त्यहाँ कार्यरत कर्मचारी र मजदुरको सहभागितामा उक्त रकम उपलब्ध गराएको हो । उद्योगका अनुसार कम्पनी व्यवस्थापनको सहयोग तथा कर्मचारीको एक दिनको तलब बराबरको रकमसमेत समेटेर कुल पाँच लाख एक हजार रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
Read full story at source (barnanmedia.com)