ध्रुव अधिकारीको हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
himalpress.com · Sat Jul 11 02:36:39 GMT 2026

खोटाङ- खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका १ याम्खास्थित मोरियाका ३८ वर्षीय ध्रुव अधिकारीको हत्या आरोपमा एकै घरका तीन जना पक्राउ परेका छन्। घरायसी विवादमा बिहीबार खुकुरी प्रहारबाट अधिकारीको मृत्यु भएपछि सोही ठाउँका ५७ वर्षीय तीलकबहादुर सार्की, उनकी श्रीमती ५२ वर्षीया भोटीमायाँ सार्की र छोरी २२ वर्षीया सीता सार्की पक्राउ परेका हुन्।
तीलकबहादुरलाई घटनालगत्तै पक्राउ गरिएको थियो भने, श्रीमती र छोरीलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए। अधिकारीको मृत्युपछि तीलकबहादुर आफैँले फोन गरेर प्रहरीको सम्पर्कमा आएका थिए। उनकी श्रीमती र छोरीविरुद्ध मृतकका आफन्तले किटानी जाहेरी दिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको उनले बताए।
Read full story at source (himalpress.com)