महालक्ष्मी विकास बैंक नाडा अटो शोमा, प्रतिस्पर्धी ब्याजदरमा सवारी कर्जा
arthadabali.com · Tue Aug 25 07:33:00 GMT 2026

काठमाडौँ / महालक्ष्मी विकास बैंकले भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६ मा सहभागिता जनाएको छ। बैंकले अटो शोमार्फत सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई कर्जा सम्बन्धी परामर्श, सहजीकरण तथा समन्वय सेवा प्रदान गर्ने उद्देश्यले सहभागिता जनाएकाे हाे ।
बैंकले ग्राहकलाई आकर्षक तथा प्रतिस्पर्धी ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने जनाएको छ। साथै, अटो शोको अवसरमा प्रशासनिक शुल्कमा समेत विशेष छुट प्रदान गरिने बैंकले जानकारी दिएको छ।
Read full story at source (arthadabali.com)