घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा
gorkhapatraonline.com · Tue Aug 25 07:37:25 GMT 2026

घुमारचोक र लप्सेका किसान इस्कुसखेतीमा रमाइरहेको ३५ वर्ष नाघेको छ । इस्कुसको मुन्टादेखि जरा (तरुल)सम्म बिक्री गरेर आम्दानी लिन पाइने भएपछि इस्कुस खेतीमानै रमाउन थालेका हुन् । पहिला यहाँका जनताले जीवन चलाउन दाउरा बेच्नुपथ्र्यो । तर इस्कुसखेतीमा रमाउन थालेपछि यहाँका अधिकांश किसानको जीवननै बदलिएको छ ।
अहिले त उहाँहरुसँग जेठदेखि मङ्सिरसम्म रुपियाँको कमी हुँदैन । शङ्खरापुर नगरपालिकाको दुई गाउँ घुमारचोक र लप्सेका किसानको जीवन गुजारको एकमात्र कृषि बाली इस्कुसखेतीनै हो । किसानले इस्कुसको मुन्टा सिजनमा प्रतिकेजी १०० देखि १५० सम्म, जरा (तरुल) प्रतिकेजी १५० देखि २०० सम्म र इस्कुस प्रतिकेजी ३५ देखि ५० सम्ममा बिक्री गर्दै आएका छन् ।
Read full story at source (gorkhapatraonline.com)