मुक्तिनाथ विकास बैंकको अटो शो लक्षित अफरः गाडी किन्न ५.५४% ब्याजदरमै ऋण
clickmandu.com · Tue Aug 25 07:36:55 GMT 2026

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत हाल बैंकको अटो लोन ५.५४ प्रतिशत वार्षिक ब्याजदरमा पाउन सक्नेछन् ।
बैंकले यस योजना अन्तर्गत आधार दरमै अटो लोन उपलब्ध गराउने भएको हो । नाडा अटो शो २०२६ लक्षित गरि ल्याइएको यो विशेष ब्याजदर योजना भदौ मसान्तसम्म लागू हुने कम्पनीले जनाएको छ । उक्त अवधि समाप्त भएपछि बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुनेछ ।
Read full story at source (clickmandu.com)