नेपाल विशेष सेवा ऐन समितिमा पठाउन राष्ट्रिय सभामा स्वीकृत
hamrakura.com · Tue Aug 25 00:00:00 GMT 2026

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दै दफावार छलफलका लागि सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे ।
Read full story at source (hamrakura.com)