ओलीले सबका 'काण्ड खोल्दिन्छु र भित्र जाक्दिन्छु' भनेपछि अध्यक्ष हटाउने योजनाबाट ब्याक भए नेताहरू
barnanmedia.com · Tue Aug 25 07:41:50 GMT 2026

नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउने भित्री तयारी एकाएक रोकिएको छ। नेताहरू आफ्नो योजनाबाट रातारात पछि हट्नुको मुख्य कारण बनेको छ- अध्यक्ष ओलीको कडा धम्की।
उच्च स्रोतका अनुसार, आफूविरुद्ध भइरहेको भित्री तयारीको सुइँको पाएलगत्तै ओलीले महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र प्रदीप ज्ञवाली र केही पदाधिकारीलाई एक्लाएक्लै निवासमा बोलाएका थिए। एक्लाएक्लै भएको उक्त भेटमा ओलीले चेतावनी दिएको खुलेको छ ।
Read full story at source (barnanmedia.com)