वन्यजन्तुले खोस्यो अन्न, टिमुरले जगायो भरोसा
nepalnews.com · Tue Aug 25 08:09:16 GMT 2026

पाल्पा । पाल्पाका किसान टिमुर खेतीमा आर्कषित भएका छन्। खेतबारीमा लगाएको मकै, कोदोलगायतका अन्नबाली बाँदर र बँदेलले सखाप पार्न थालेपछि पाल्पाका किसानले विकल्पका रुपमा टिमुर खेती गर्न थालेका हुन्। टिमुर खेती गर्दा क्षति पनि नपुग्ने र आम्दानी पनि हुने भएपछि यस्तो विकल्पमा आफूहरू लागेको तिनाउ गाउँपालिका, कचलका मीनबहादुर सारुले बताए।
यहाँका धेरैजसो किसानले बारीभरि टिमुर खेती गरेको बताए। “यहाँ सबैजसो बारी र बाँझो जमिनमा टिमुर छ, वनसँग जोडिएका ठाउँमा अरू बाली लगाएर जोगाउनै सकिँदैन, त्यसको विकल्प टिमुर खेती बनेको छ”, सारुले भने। टिमुरबाट आम्दानी समेत राम्रो हुँदै आएको उनको भनाई छ।
Read full story at source (nepalnews.com)