सर्पदंशबाट सिरहाका ११ वर्षीय बालकको मृत्यु
onlinekhabar.com · Tue Aug 25 08:00:29 GMT 2026

९ भदौ, सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–२ गमहरियाका ११ वर्षीय प्रियांसु भगतको सर्पदंशबाट मृत्यु भएको छ। घरमा सुतिरहेका बेला सर्पले डसेका प्रिंयासुको सोमबार साँझ ६ बजे उपचारकै क्रममा मृत्यु भएको हो।
३ भदौ राति करिब १० बजे प्रिंयासु र उनका ८ वर्षीय भाइ दिव्यांशु भगतलाई सुतिरहेका बेला सर्पले डसेको थियो। प्रिंयासुलाई कानमा र दिव्यांशुलाई खुट्टामा सर्पले डसेको परिवारले जनाएको छ।
Read full story at source (onlinekhabar.com)