ट्राफिक जरिवानाको विषयमा विवादमा तानिएपछि महावीर पुनको घोषणा, भने ‘एकवर्षसम्म अन्तर्वार्ता दिन्न’
himalpress.com · Sat Jul 11 03:26:11 GMT 2026

काठमाडौँ- महँगो ट्राफिक नियम र जरिवाना बनाउँदा मात्र सवारी चालक मर्यादित बन्ने अभिव्यक्तिका कारण विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन विवादमा तानिएका छन्। काठमाडौँमा महँगो ट्राफिक जरिवानाका कारण आत्मदाह प्रयास गरेका युवकको विषयसँग मिल्दोजुल्दो अभिव्यक्ति भएपछि पुन विवादमा तानिएका हुन्।
महानगरमा पठाओ चलाउने एक युवकले ट्राफिक जरिवाना बुझाउन नसकेको भन्दै आत्मदाह प्रयास गरेका थिए। उनको उपचारका क्रममा निधन भएको छ। घटनाभन्दा पहिले नै पुनले जरिवाना चर्को हुनुपर्ने बताएका थिए। पुनले विवादमा तानिएसँगै आगामी एक वर्षसम्म सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूलाई कुनै पनि अन्तर्वार्ता नदिने घोषणा गरेका छन्।
Read full story at source (himalpress.com)