बागमतीका नेकपा सांसदले भेटे प्रचण्ड, थापालाई विश्वासको मत दिन तयार
onlinekhabar.com · Tue Aug 25 08:09:56 GMT 2026

९ भदौ, हेटौंडा । बागमती प्रदेशमा सत्तारुढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र असन्तुष्ट रहेका सांसदहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मंगलबार काठमाडौंमा भेट गरी सत्ता साझेदारी, मन्त्रालय बाँडफाँड र सरकार सञ्चालन र यसको स्थायित्वबारे छलफल गरेका छन् ।
नेकपा बागमती प्रदेश संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाल, गंगानारायण श्रेष्ठसहितका ८ जना सांसदहरूले अध्यक्ष प्रचण्डसँग भेट गरेका हुन् । भेटमा उनीहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग सत्ता साझेदारी गरेर सरकार गठन गर्नुपर्ने अवस्था किन आयो, सरकार सञ्चालन कसरी गर्ने र यसको स्थायित्व कसरी सुनिश्चित गर्ने भन्ने विषयमा प्रश्न उठाएका थन् ।
Read full story at source (onlinekhabar.com)