स्थानान्तरणका क्रममा काठमाडौंको गल्ती नदोहोरियोस्
baahrakhari.com · Tue Aug 25 08:11:40 GMT 2026

पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको अन्तिम सूची टुंगो लगाइएको बताएको छ । पाँच दशकदेखि अल्झिएको बसपार्क निर्माण योजना कार्यान्वयन हुने सम्भावना बढेसँगै त्यहाँ बस्दै आएकाहरूको व्यवस्थापनको प्रश्न पनि उठेको देखिन्छ ।
अव्यवस्थित बस्तीमा बसोबास गर्नेहरूको सूची तयार हुनु एउटा महत्त्वपूर्ण चरण हो । तर वास्तविक समस्या भने त्यहाँ बसिआएकाहरूको व्यवस्थापन, पुनर्स्थापना र स्थानान्तरण प्रक्रिया नै हो । यसैले सफलताको कसी पनि यही प्रक्रिया कसरी अघि बढ्छ भन्ने हुने देखिन्छ । यहीँनेर पोखराले काठमाडौंको अनुभवबाट पाठ सिक्नुपर्छ ।
Read full story at source (baahrakhari.com)