आदिवासी जनजातिको सवाल सम्बोधन गर्ने कांग्रेसको प्रतिबद्धता
gorkhapatraonline.com · Sun May 17 12:16:39 GMT 2026

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आदिवासी, जनजातिहरूको नेतृत्व र प्रतिनिधित्वको सवाललाई उचित ढङ्गले सम्बोधन हुने गरी पहल गर्ने प्रतिबद्धता जनाएको छ । पार्टी मुख्यालय सानेपामा पुगेका नेपाल आदिवासी जनजाति महासंघका पदाधिकारीहरूले बुझाएको अडान पत्र ग्रहण गर्दै पार्टीका उपसभापति पुष्पा भुसालले उक्त प्रतिबद्धता जनाउनुभएको हो ।
भुसालले नेपालको संविधानले नै आदिवासी जनजातिहरूको प्रतिनिधित्वको सवाललाई सुनिश्चित गरेकाले पार्टीभित्र र सरकारमा पनि उचित प्रतिनिधित्व र नेतृत्वको लागि पनि काँग्रेसले संसदभित्र र बाहिर पहल गर्ने बताउनुभयो । कांग्रेसले संविधान संशोधनबारे स्पष्ट दृष्टिकोण बनाउन गइरहेको उल्लेख गर्दै त्यसमा आदिवासी जनजातिहरूको अधिकारको सवाललाई गम्भीरतापूर्वक अघि बढाउने आश्वासनसमेत दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)