एनओसी लिन मन्त्रालय नै जान नपर्ने
himalpress.com · Tue Aug 25 08:23:03 GMT 2026

काठमाडौँ- वैदेशिक अध्ययन अनुमति (एनओसी) लिनका लागि सधैँ भौतिक रूपमा उपस्थित हुनैपर्ने अनिवार्य बाध्यता नरहेको शिक्षा तथा खेलकुद मन्त्रालयले स्पष्ट पारेको छ। एनओसी सेवा प्रवाह र शैक्षिक परामर्श (कन्सल्टेन्सी) संस्थाहरूका सम्बन्धमा २०८३ भदौ ३ गते एक अत्यन्त जरुरी सूचना जारी गर्दै मन्त्रालयले यस्तो जानकारी दिएको हो।
केही शैक्षिक परामर्श संस्थाहरूले एनओसी प्राप्त गर्न अनिवार्य रूपमा सेवाग्राही आफैँ कार्यालयमा उपस्थित हुनुपर्ने वा गलत सूचना प्रवाह गरी विद्यार्थी तथा अभिभावकलाई अनावश्यक रूपमा मन्त्रालय पठाउने गरेको भन्दै व्यापक उजुरी परेपछि मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता भ्रामक अभ्यासले सेवाग्राहीमा भ्रम र अनियमितता बढाएको मन्त्रालयको निष्कर्ष छ।
Read full story at source (himalpress.com)